१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


कपिलवस्तुमा दुर्घटना हुँदा दुई जनाको मृत्यु


0
Shares

काठमाडौं । कपिलवस्तुमा दुईवटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

वाणगंगा सडकखण्डमा गएराति नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो । कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका ३५ वर्षीय नेहामन अली र रोमन थारुको मृत्यु भएको हो ।

उनीहरुको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । दुर्घटनामा घाइते भएका अजय थारुको अस्पतालमा उपचार भइरहेको छ ।