
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ९८ प्रतिशत नागरिकमा आधारभुत खानेपानीको पहुँच पुगेको दाबी गर्नुभएको छ ।
बिहीबार राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै खानेपानीमन्त्री यादवले यस्तो दाबी गर्नुभएको हो ।
खानेपानीमन्त्री यादवले अबको एक वर्षभित्र शतप्रतिशत नागरिकमा आधारभुत खानेपानी पुर्याइसक्ने घोषणा समेत गर्नुभयो । उहाँले अहिले २७ प्रतिशत नागरिकले मात्र शुद्ध खानेपानी पिउन पाएको उल्लेख गर्दै एक वर्षभित्र ५७ प्रतिशत नागरिकलाई शुद्ध खानेपानीको पहुँचमा पुर्याउने गरी काम गरिरहेको बताउनुभयो ।
खानेपानीमन्त्री यादवले सरकार जनताका आधारभुत आवश्यकता पूरा गर्न संवेदनशील रहेको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा रहेको खानेपानीको समस्या साधानका लागि निरन्तर काम गरिरहको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्