
एजेन्सी । दक्षिण अफ्रिकाको एक सुनखानीबाट ७८ जनाको शव निकालिएको छ ।
विगत दुई महिनादेखि सुनखानीमा फसेकाहरुको उद्धारका क्रममा ७८ जनाको शव फेला परेको हो भने २४६ जनाको जिवितै उद्धार गरिएको छ ।
दक्षिण अफ्रिकी सरकारले एक बिज्ञप्ती जारी गर्दै देशको उत्तर पश्चिम प्रान्तको स्टिलफन्टेन खानीमा फसेकाहरुको उद्धार गर्ने क्रममा ७८ जनाको शव फेला परेको हो ।
जिउँदै उद्धार गरिएकाहरुलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । दक्षिण अफ्रिकाका सुनखानीहरुमा अवैध रुपमा प्रवेश गरी उत्खनन कार्य गर्ने क्रम निकै बढेको छ । सुनखानीमा फसेकाहरुको उद्धारका लागि सयौं उद्धारकर्मीहरु परिचालन गरिएको थियो । अझै पनि खानीमा फसेकाहरुको खोजी कार्य जारी छ । उद्धारका लागि पिंजडाको प्रयोग गरिएको हो ।
करिब ४ सय भन्दा बढी मानिस सुनखानीमा अवैध रुपमा प्रवेश गरी उत्खनन गर्ने क्रममा फसेपछि प्रहरीले उद्धार गरेको हो । उनीहर दुई महिनादेखि सुनखानीमा फसेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्