
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ ।
बिजुलीको खम्बा परिवर्तन गर्ने प्रयोजनका लागि आज बिहान ९.३० बजेदेखि अपराह्न ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले सूचना जारी गरेको छ ।
पुल्चोक वितरण केन्द्रको पुलचोक फिडरअन्तर्गत पर्ने इटी, महापाल, पाटन दरबार, बंगलामुखी, शंखमूल, पाटनढोका, मंगलबजार, छवाल क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।
तोकिएको कार्य समयअघि सम्पन्न भएमा निर्धारित समयभन्दा पहिल्यै बिजुली आउनेसमेत सूचनामा उल्लेख गरिउको छ ।
प्रतिक्रिया दिनुहोस्