८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


कानून निर्माण काम रोक्नका लागि होइन, काम गर्नका लागि हुनुपर्छ : प्रधानमन्त्री ओली


234
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून निर्माण काम रोक्नका लागि नभइ काम गर्नका लागि बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)को २५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले सरकारले काम गर्नका लागि अध्यादेश ल्याएको बताउनुभयो । उहाँले कतिपयले यसको बिरोध गर्न खोजिरहेको भन्दै १५/२० दिनमा संसदमा पेश भएर दुई महिनाभित्र कानूनको रुप लिइसक्ने बताउनुभयो । उहाँले दुई महिनासम्म देशका कामहरु रोकेर राख्न नमिल्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले एउटा देशका लागि दुई महिनाको समय धेरै नै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विकासका काम अघि बढाउने र जनतको सेवा गर्ने व्यवसायमैत्री सकारात्मक कानूनहरुको निर्माण जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपाली जनतालाई अब गरिब छोडिरहन नसक्ने बताउनुभयो । उहाँले आत्मविश्वासका साथ अघि बढे गरिबी निवारण सम्भव रहेको बताउनुभयो । सम्पूर्ण जनता अधिकार सम्पन्न हुनुपर्ने र अधिकारको निर्वाध उपयोग गर्न पाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले अधिकारको उपयोगको नाममा सभ्य समाजलाई पाच्य नहुने कुरा बोल्न नहुने बताउनुभयो । उहाँले उर्जाको प्रयोग नबढाइ नहुने बताउनुभयो । नेपालसँग १ लाख २० हजार मेगावाट भन्दा बढी उर्जा क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताउनुभयो ।