२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


दिनेश त्रिपाठीलाई कुटपिट गर्ने महिला पक्राउ


0
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका–४ घर भई काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षिया सीतादेवी राईलाई पक्राउ गरेको हो ।

सोही घटनामा यसअघि अरू दुई जनालाई पक्राउ गरिएको थियो । गत माघ २ गते अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा जाहेरवालाको तर्फबाट बहस गरेर निस्किएका त्रिपाठीमाथि अदालत परिसरमै कुटपिट भएको थियो ।

सो घटनामा अन्य फरार व्यक्तिहरूको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिमाथि सिंहदरबार वृत्तले अनुसन्धान गरिरहेको छ । त्रिपाठीमाथि कुटपिट भएको विरोधमा हिजो नेपाल बार एशोसियनले प्रदर्शन गरेको थियो ।

कानूनको वकालतन गर्ने कानुन व्यवसायीमाथि कुटपिट भएको भन्दै बारले विरोध गरेको हो ।