२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


छविलाल जोशी धरौटीमा रिहा


6.383k
Shares

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा नेपाल प्रहरीका पूर्व डिआइजी छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार भएको थुनछेक बहसपछि जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

आदेशलगत्तै जोशीले धरौटी वापतको रकम बुझाएर रिहा भएका हुन् । थुनछेक बहसमा सरकारी वकिलहरुले बहस गरेका थिए भने जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारीले बहस गर्नुभएको थियो । यस्तै जोशीका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीलगयतले बहस गरेका थिए ।

काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले जोशीबाट ५ करोड ७८ लाख ९६ हजार बिगो असुल उपर गर्नुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।