५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या : पूर्वबैंकर्स भट्टराई


520
Shares

काठमाडौं । पूर्व बैंकर अनलराज भट्टराईले बैंकहरुमा बढ्दै गएको खराब कर्जाको समस्या समाधानको लागि प्रोभिजन र खराब कर्जा छुट्याएर हेर्नु आवश्यक रहेको बताउनुभएको छ ।

सोमबार नेपाल आर्थिक पत्रकार संघ९नाफिज०ले आयोजना गरेको नाफिज संवादमा बोल्दै पूर्व बैंकर्स भट्टराईले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई छुट्टै रुपमा हेर्ने नीति आवश्यक रहेको बताउनुभयो । उहाँले बैंकले नोक्शानी व्यवस्थापनको लागि छुट्याउने प्रोभिजन र खराब कर्जालाई एउटै रुपमा हेर्दा मुलुकको अर्थतन्त्र र बैंकहरुमा समस्या आएको बताउनुभयो ।

पूर्व बैंकर्स भट्टराईले बैंकहरुमा निष्क्रिय कर्जा बढ्दै जाँदा प्रोभिजन बैंकहरुले थप्दै जानु पर्ने अवस्था रहेको बताउनुभयो । उहाँले बैंकहरुको अहिलेसम्मको अवस्था हेर्दा ८ प्रतिशतसम्म खराब कर्जा पुग्ने देखिएको बताउनुभयो । उहाँले बैंकहरुको निष्क्रिय कर्जा बढ्दै जाँदा कर्जा नोक्शानी व्यवस्थामा चालु आ।व।को दोस्रो त्रैमाससम्म २४ अर्ब ६७ करोड ७१ लाख रूपैयाँ व्यवस्था गरेको बताउनु भयो ।

पूर्व बैंकर्स भट्टराईले बैंकहरुले कर्जा नोक्शानी व्यवस्थाको लागि रकम छुट्याउँदा नाफामा कमी आएको बताउनुभयो । उहाँले बैंकले कुनैपनि समयमा दिएको ऋणलाई असुली गर्न नसक्ने अवस्था आए बैंकहरुले सतप्रतिशत नाफा÷नोक्शान खाता खर्चमा लेख्नुपर्ने व्यवस्था रहेको बताउनुभयो । उहाँले बैंकहरुले तत्कालको अवस्थामा शेयर लगानीकर्तालाई लाभांश दिन नसक्ने बताउनुभयो ।

पूर्व बैंकर्स भट्टराईले कर्णाली बैंकको ४२ प्रतिशत खराब कर्जा देखिनु नियामक निकायको पनि कमजोरी देखिएको बताउनुभयो । उहाँले बैंकको खराब कर्जा ४२ प्रतिशत एकै दिनमा नभई हरेक वर्ष हुँदै आएको बताउनुभयो । उहाँले बैंकिङ क्षेत्रको कर्जा ८९ प्रतिशत सम्पती धितोमा रहेको बताउनुभयो ।

घर जग्गा धितोमा ६६ प्रतिशत रहेकाले केही सुरक्षित देखिएको पूर्व बैंकर्स भट्टराईको भनाइ छ । उहाँले अहिले बैंकहरु दुई वटा खराब कर्जा बढ्दै जाने र पुँजी कोषमा दबाब बढ्ने समस्या देखिएको बताउनुभयो । उहाँले बैंकहरुमा तरलता थ्रुपिएर बसेको तर बैंकले ऋण दिन र ऋणले लिन नचाहने अवस्था रहेकाले मुलुक क्रेडिट क्रन्चमा रहेको बताउनुभयो ।

सोमबार सार्वजनिक भएको तथ्याङ्कले बैंकहरुको आम्दानीको मुख्य स्रोत खुद ब्याज आम्दानीमा कमी आउँदा नाफामा गिरावट भएको देखएको छ । गत वर्षको दोस्रो त्रैमासमा तुलनामा बैंकहरुको खुद ब्याज आम्दानी ३।७१ प्रतिशतले घटेको छ । गत आवको दोस्रो त्रैमाससम्म ९६ अर्ब ५६ करोड ५९ लाख रहेको खुद ब्याज आम्दानी चालु आवको दोस्रो त्रैमासमा ९२ अर्ब ९७ करोड ९६ लाखमा झरेको हो । आम्दानी नै घट्दा बैंकहरुको नाफा समेत घटेको छ ।