२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


परराष्ट्रमन्त्रीद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई ज्ञापन


819
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकाको विदेशमन्त्री मार्को रुबियोलाई बधाई ज्ञापन गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समार्फत डा. राणाले संयुक्त राज्य अमेरिकाको विदेशमन्त्रीमा रुबियो नियुक्त हुनुभएकामा समकक्षी रुबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो ।

बधाई ज्ञापन गर्दै परराष्ट्रमन्त्री राणाले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभएको छ ।

५३ वर्षीय नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुनुहुन्छ । उहाँको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको छ ।

रुबियोलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गर्नु भएको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।