
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले ल्याएको अध्यादेश अलोकतान्त्रिक नभएको दाबी गर्नुभएको छ ।
मंगलबार संसदको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेश संवैधानिक व्यवस्था अनुरुप नै रहेको दाबी गर्नुभएको हो ।
सांसद बास्कोटाले अध्यादेश आउनु लोकतन्त्रले व्यवस्थाअनुरुप नै आएको बताउनुभयो । उहाँले अध्यादेश ल्याउने व्यवस्था संविधानमा राखेको भन्दै कसरी अलोकतान्त्रिक हुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले संविधानमा भएको व्यवस्थाअनुसार सरकारले अध्यादेश ल्याउँदा अलोकतान्त्रिक हुने हो भने त्यो बुँदालाई संविधानबाट झिक्न आवश्यक रहेको बताउनुभयो ।
सांसद बास्कोटाले सरकारले ल्याएको अध्यादेशको निजी क्षेत्रबाट स्वागत भएको बताउँदै दल फुटाउन ल्याएको भनी व्याख्या गर्न नहुने बताउनुभयो । उहाँले अध्यादेशको विरोध भन्दा पनि कन्टेन्टमा जान आवश्यक रहेको बताउनुभयो । उहाँले विगतका सरकारले पनि अध्यादेश ल्याएको स्मरण गराउँदै कम्तिमा ४० प्रतिशत गरेर दल फुटाउन २० प्रतिशत भन्ने अध्यादेश अहिलेको सरकारले नल्याएको बताउनुभयो ।
सांसद बास्टोकाले बजेट कार्यान्वयनबारे संसदले चासो राख्नुपर्ने बताउनुभयो । उहाँले बजेट खर्चबारे प्रश्न गर्नुभयो । उहाँले बजेट पास भयो, ठेक्का कति लागे रु अहिलेसम्म ठेक्का लाग्दैन भने कहिले लाग्छ ? भन्दै प्रश्न गर्नुभयो । सांसद बास्कोटाले बाढी पीडित क्षेत्रमा केही काम हुन नसकेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्