
काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज जिल्ला अदालत रुपन्देहीमा उपस्थित हुने भएका छन् । आजनै अदालतमा उनको बयान शुरु हुनेछ भने आज बयान सकिएमा आजै थुनछेक बहस हुनसक्ने सम्भावना रहेको छ ।
सुप्रिम सहकारी ठगीमा २२ जनालाई प्रतिवादी बनाएर गत आइतबार जिल्ला अदालत रुपन्देहीमा पूरक अभियोग दर्ता भइसकेको छ । यद्दपी अभियोग अदालतमा पेस गर्दा एकजना पनि प्रतिवादी साथमा थिएनन् । पूरक अभियोगमा प्रतिवादी बनाइएकामध्ये रवि सबैभन्दा पहिले अदालतमा उपस्थित हुने भएका हुन् ।
पोखरामा ६५ लाख धरौटी बुझाएर रिहा भएको दुई दिनपछि लामिछाने जिल्ला अदालत काठमाडौंमा हाजिर भएका थिए । रविलाई काठमार्डौको स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा अदालतले ६० लाख धरौटीमा रिहा गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्