२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


टर्कीको स्की रिसोर्टमा आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुग्यो


767
Shares

एजेन्सी । उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्कीको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताउनुभयो । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गर्नुभयो ।

मंगलवार बिहान लागेको आगो १२ तले काठको होटलमा तीव्र गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । बिदाको मौसममा व्यस्त होटलमा २३८ जना पाहुनाहरू बसिरहेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधवार राष्ट्रिय शोक दिवसको घोषणा गर्नुभयो ।