
काठमाडौं । इंग्लीश फुटबल क्लब आर्सनल युरोपियन च्याम्पियन्स लिग फुटबलको राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ ।
बुधबार राति भएको समुह चरणको सातौं खेलमा क्रोएसियाको डाइनामो जाग्रेबलाई ३–० ले हराउँदै आर्सनल राउण्ड अफ सिक्सटिनमा पुगेको हो । सात खेलबाट १६ अंक जोडेको आर्सनल तालिकाको तेस्रो स्थानमा छ । २१ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ भने १८ अंक जोडेको बार्सीलोना दोस्रो स्थानमा छ । समुह चरणमा अब एक खेल खेल्न बाँकी छ ।
अहिलेसम्म तालिकाको शीर्ष आठ स्थानमा लिभरपुल, बार्सीलोना, आर्सनल, इन्टर मिलान, एट्लेटिको मड्रिड, एसी मिलान, एटलान्टा र बायर लिभरकुजेन रहेका छन् । प्रतियोगिताको नयाँ ढाँचा अनुसार शिर्ष आठ टोली सिधै राउण्ड अफ सिक्सटिनमा प्रवेश गर्नेछन् । नवौं देखि २४ औं स्थानसम्मका टोलीले राउण्ड अफ सिक्सटिनको लागि प्ले अफ् खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्