२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस


1.69k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस भईरहेको छ ।

न्यायाधीश प्रल्हादकुमार योगीको ईजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने वा छाड्ने भन्ने बहस जारी छ ।

मुद्दाका वादीको तर्फबाट सरकारी वकीलको बहस जारी छ । न्यायाधिश योगीको इजलासले बुधबार सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर गरिएका लामिछानेलाई अदालतबाहिरै बसेर बहस गर्ने सुविधा दिएको थियो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछाने, छविलाल जोशी, जीबी राईसहित ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।