२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलो भयो : विश्वप्रकाश शर्मा


325
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणत्मक रुपमा काम गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री शर्माले संविधानपछि बन्नुपर्ने कानूनहरु बनाउन ढिलाई भइरहेको बताउनुभएको हो ।

महामन्त्री शर्माले बन्न बाँकी कानूनहरु बनाउन संसदीय समितिहरुले उपसमिति गठन गरेर कानूनी अभ्यास गर्न जरुरी रहेको बताउनुभयो । उहाँले समितिमा सांसदहरुको उपस्थिति संख्यात्मकभन्दा गुणात्मक बनाउन उपसमितिमार्फत काम गर्न उहाँले सुझाव दिनुभयो ।

महामन्त्री शर्माले संघीय निजामति विधेयकलाई जनमुखी बनाउनुपर्ने धारणा राख्नुभयो । उहाँले मुस्कानसहितको सेवा नभई सेवाग्राही मुस्कुराउने गरी सेवा प्रवाह हुने गरी विधेयक ल्याउनु पर्ने बताउनुभयो ।

संसदीय समितिहरु कोरम पु¥याउने कुरामा अल्झिदा परिणाममुखी काम नभएको उहाँको भनाइ छ ।