११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा छन् : अध्यक्ष यादव


1.079k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द यादवले प्रतिगमनकारी शक्तिहरु फेरि परिवर्तनलाई प्रतिगमनमा बदल्ने तयारीमा रहेको महशुस हुन थालेको बताउनुभएको छ ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपेन्द्र यादवले एकता, संघर्ष र रुपान्तरणको माध्यमबाट नै संसार अघि बढ्ने बताउनुभयो । उहाँले अहिलेको आवश्यकता क्रान्तिकारी र परिवर्तन शक्तिहरुबीचको एकता रहेको उल्लेख गर्नुभयो । एकतासँगै परिवर्तनबिरोधी तागतको बिरुद्ध संघर्षको आवश्यकता रहेको बताउनुभयो । राजनीतिक प्रणालीमा समाजिक र आर्थिक प्रणालीमा रुपान्तरणको आवश्यकता रहेको बताउनुभयो ।

अध्यक्ष यादवले मधेसवादी दलहरु फुट्दा प्राप्त उपलब्धि गुम्ने खतरा भएको बताउनुभयो ।