
काठमाडौं । नेता हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई आधा/आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिनुभएको छ ।
बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता त्रिपाठीले दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा/आधा सिट बाँडेर लड्दा बहुमत आउने बताउनुभयो । उहाँले आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताउनुभयो । कांग्रेस र एमालेले लोकप्रियता हाँसिल गरेको भए जनताले गत निर्वाचनमै बहुमत दिने बताउनुभयो ।
आफ्नो अकर्मण्यताको दोष प्रणालीलाई दिन नहुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्