१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


सिद्धबाबा सुरुङमार्ग आज छिचोलिँंदै


182
Shares

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज छिचोलिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शुक्रबार सुरुङमार्गको ‘ब्रेक थ्रु’ हुने भएको हो ।

जम्मा एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाले जनाएको छ । सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ ।

मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडानलगायतका कामलाई तीव्रता दिइने र गाडी गुड्ने क्षेत्र निर्धारण गरेर पेभमेन्ट ढलानको काम अघि बढइने आयोजनाले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तरगत दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र भएकाले सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि ल्याएको थियो ।

सिद्धबाबा सुरुङमार्गको भौतिक तथा वित्तीय प्रगति ४० प्रतिशत रहेको छ भने दुई वर्षभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।