
काठमाडौं । सभापति कप फुटबलमा आज मच्छिन्द्र क्लब र सशष्त्र प्रहरीको एपिएफ टिम भिड्नेछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशाला त्रिपुरेश्वरमा हुनेछ ।
यो खेलको विजेता टोलीले सेमिफाइनलमा संकटा क्लबको सामना गर्नेछ । पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा हिजो चर्च ब्वाइजलाई ३–० ले हराउँदै संकटा सेमिफाइनलमा पुगेको हो ।
नेपाली काँग्रेस निकटको लोकतान्त्रिक खेलकुद संघले आयोजना गरेको नकआउट ढाँचाको सभापति कप फुटबल प्रतियोगितामा आठ टोली सहभागी छन् ।
प्रतिक्रिया दिनुहोस्