
काठमाडौं । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्रकुमार महतोले मुलुक एकात्मक शासन व्यवस्था भन्दा माथि उठ्न नसकेको बताउनुभएको छ ।
मुख्य न्यायाधिवक्ता महतोले संघ सरकारले प्रदेश सरकारलाई नियतवस हक हस्तान्तरण गर्न नसकेको बताउनुभएको हो ।
मुख्य न्यायाधिवक्ता महतोले संविधानले प्रदेश प्रशासनको नियन्त्रण प्रदेश मातहत रहने व्यवस्था गरेको भएपनि कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनका लागि संघ सरकारले अहिले पनि हिच्किचाइरहेको बताउनुभयो । प्रदेश प्रहरी समायोजन ऐन कार्यान्वयनमा नआउँदा प्रदेशको शासन व्यवस्था संघ सरकारकै नियन्त्रणमा रहेको बताउनुभयो ।
मुख्य न्यायाधिवक्ता महतोले प्रमुख जिल्ला अधिकारी, निजामती प्रशासन लगायतलाई अहिले पनि संघ सरकारकै नियन्त्रणमा राखिएको बताउनुभयो । उहाँले सरकारको नेतृत्वमा रहेका राजनीतिक दलहरुदले वाध्यतावस संघीयता स्वीकारेपनि एकात्मक शासन व्यवस्थाको मनोभावबाट देश चालाइरहेको जिकिर गर्नुभयो । उहाँले मधेश आन्दोलनकै कारण मुलुकमा संघीयता आएको दाबी समेत गर्नुभयो । उहाँले संघीयताको सफल कार्यान्वयनको लागि प्रदेश सरकारको अधिकार सुनिश्चित गर्न जरुरी रहेको बताउनुभयो ।
मुख्य न्यायाधिवक्ता महतोले संघीय निजामति ऐनले प्रदेशको निजामती ऐनलाई छुन नसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्