८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विकास, स्थायित्व र स्थिरताका लागि सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री ओली


221
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शिघ्र विकासका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।

शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ ब्रेक थ्रु समारोहलाई सिंहदरबारबाट भर्चुअलमाध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पछौटेपनहरुलाई चिर्दै जाने र उपलब्धिहरुलाई जोड्दै लगेर समृद्ध देश बनाउने काममा अहिलेको सरकार लागेको बताउनुभयो । उहाँले अहिलेको सरकार विकास, स्थायित्व र स्थिरताका लागि बनेको बताउनुभयो । अघिल्लो कार्यकालमा शुरु भएका कामहरु अहिले पुनः शुरु गरिएको बताउनुभयो । उहाँले सबै एकजुट हुनसके देश बन्न समय नलाग्ने बताउनुभयो । देशको शिघ्र विकास र सुशासनका लागि अहिलेको सरकार अघि बढेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई फाइदा हुने, देशको शिघ्र विकास गर्नेगरी सरकारले काम गरिरहेको बताउनुभयो ।