२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एक गाग्री पानीले धरानबासीको माग सम्बोधन हुँदैन : मन्त्री यादव


8.944k
Shares

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानमा पानीको समस्या एक वर्षभित्र समाधान गरेर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा मन्त्री यादवले पानी दिने काम संघीय सरकारको भएको भन्दै आफ्ना जनतालाई एक वर्ष भित्रमा पानी खुवाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले धरानमा पहिलादेखि नै पानीको समस्या रहेका उल्लेख गर्दै अहिले पनि जग्गा प्राप्तिको समस्या समाधान भए टेण्डर प्रक्रिया अघि बढाउने बताउनुभयो ।

मन्त्री यादवले धरानबासीलाई पानी खुवाउनका लागि करिब ६ अर्ब आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि आफूले एडिबीसँग बिहीबार छलफल गरेको पनि बताउनुभयो । उहाँले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले स्टण्टबाजी गरेको आरोप लगाउनुभयो । उहाँले गाग्रोमा भरेर दिएको पानीले धरानवासीको पानीको समस्या समाधान नहुने बताउनुभयो ।

मन्त्री यादवले एक वर्षभित्र धरानमा पानीको समस्या समाधान हुने बताउनुभयो ।