२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुहिरोले समेत उडान प्रभावित गर्न सक्दैन : अर्थमन्त्री पौडेल


3.536k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिविलिटीमा समेत उडान गर्नसक्ने उपकरण जडान गरिएको उल्लेख गर्दै अब कुहिरोले समेत उडान प्रभावित गर्न नसक्ने दाबी गर्नुभएको छ ।

शुक्रबार सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ब्रेक थ्रु गर्दै अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फमेन्स अथोराइजेसन रिक्वायर्ड (आरएनपीएआर) प्रणाली बिहीबारदेखि लागू भएको थियो । उहाँले उक्त प्रणालीले कम भिजिविलिटीमा उडान गर्न सक्ने बताउनुभयो ।

अर्थमन्त्री पौडेलले भैहरवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा सरकारले अनेक आलोचनाको सामना गर्नुपरेको समेत बताउनुभयो । उहाँले आफूहरुले नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको उल्लेख गर्दै चलाएर देखाउने दाबी गर्नुभयो । उहाँले सरकारले अगाडि बढाएका आयोजनाहरुको विरोध नगर्न समेत आग्रह गर्नुभयो ।

अर्थमन्त्री पौडेलले सरकारको कमी,कमजोरी औंल्याउँदै सरकारले गरेका राम्रा कामहरु सबैले साथ दिनुपर्ने बताउनुभयो ।