
काठमाडौं । सिमेन्ट उत्पादक व्यावसायीले सिमेन्टको मूल्यमा कार्टेलिङ नगरेको दाबी गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उत्पादकहरुले बजार मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग सञ्चालन गर्नुपर्ने बाध्यताले ठूलो लगानी रहेका प्रायः सबै नेपाली सिमेन्ट उद्योगहरुले ठूलो घाटा व्यहोरिरहेको दाबी गरे ।
उनीहरुले बैंक कर्जाको किस्ता र व्याज, कच्चा पदार्थको खरिद र पछिल्लो समय १२ घण्टासम्मको लोडसेडिङका कारण बैकल्पिक उर्जाको व्यवस्था गर्दा उत्पादन लागत बढेकाले मुल्य बढाउनु परेको जिकीर गरे ।
सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपालेले सिमन्टको मूल्य वृद्धि हुनुमा कोइलाको मूल्य वृद्धि, लोडसेडिङ लगायत मुख्य कारण रहेको बताउनुभयो । बाटोका कारण लागत बढेको र चुनढुंगाको ढुवानी लागत बढेकाले मूल्यवृद्धि भएको उहाँको तर्क थियो ।
संघले सिमेन्ट उद्योगहरुलाई औषतमा प्रतिबोरा ८५ देखि बढीमा ११५ रपैयाँ बढाउने छुट दिएको दाबी पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस्