२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियान चलाउने


338
Shares

काठमाडौं । मिटरव्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको शुरुवात गर्ने घोषणा गरेका छन् ।

आगामी सोमबारदेखि यस अभियानको शुरुवात हुने मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रवार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मिटरव्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रिय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको शुरुवात जनकपुरधामबाट गर्न लागेको जानकारी दिनुभयो.। मिटरव्याजकोविरूद्ध आन्दोलनको बिस्तार गर्दै अगाडी बढाइने बताउनुभयो ।

सरकारसँग तीन चरणको वार्ता भएपनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताउनुभयो ।