१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी र मधेश प्रदेशमा शीतलहर


0
Shares

काठमाडौं । कोशी र मधेश प्रदेशमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले शीतलहर चलेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लागेको छ ।

शीतलहर तुषारोको कारण जनजीवन प्रभावित भएको हो । ज्येष्ठ नागरिक, बालबालिका र महिला बढी शीतलहर र तुषारोबाट पीडित बनेका छन् । कोशी प्रदेशका तराईका जिल्ला मधेश प्रदेशका अधिंकाश जिल्लामा शीतलहर चलेको छ । पहाडी र हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ ।

आज कोशी प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्य प्रदेशमा भने मुख्यतया मौसम सफा रहने छ । मधेस प्रदेशको सप्तरी तथा कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा मन्द शीतलहरको अवस्था रहेको र बाँकी तराईका धेरै स्थानहरूमा पनि हुस्सु तथा कुहिरो लाग्दा दैनिक जनजीवन, कृषि, शिक्षा, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने बताइएको छ ।