
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणका काम सुरु गर्दा विरोध गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
काठमाडौंमा शनिबार अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले केही भएन र गरेन भन्ने तर काम शुरु गरेपछि आफ्नो जग्गा थोरै प¥यो भने बिरोध शुरु गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले माघ १८ गतेबाट संसदको अधिवेशन आह्वान भएकाले बाँकी रहेका विधेयकहरु पारित गर्नेगरी अघि बढ्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले अस्वस्थ प्रतिष्पर्धाबाट आएकाहरुको जयजयकार हुने गरेको भन्दै त्यसबाट देश कहाँ पुग्छ ? भन्दै प्रश्न गर्नुभयो । उहाँले सबैले नियमअनुसार आफ्नो कर्तव्य पूरा गर्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री सिंहले जनताले चाहेअनुसारको व्यवस्था र सुधार आएको बताउनुभयो । काठमाडौंको एक नम्बर निर्वाचन क्षेत्रका मतदाताहरुको विश्वासका कारण नै आफू अहिलेको स्थानमा रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्