२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको छ : झलनाथ खनाल


1.456k
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले वृहत वामपन्थी मोर्चा अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले सबैलाई महशुस भएको खण्डमा अहिलेको आवश्यकता वृहत वामपन्थी एकताको भएको र महशुस नभएको खण्डमा २०८४ सालको निर्वाचनपछि थाहा हुने बताउनुभयो । एकदेव आलेको सपना पूरा गर्ने भए नेपालका सबै कम्युनिष्टहरुले एकीकृत पार्टी निर्माण गरेर जानुपर्ने बताउनुभयो ।

झलनाथ खनालले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न र सही वैचारिक राजनीतिक कार्यदिशा आवश्यक भएको बताउनुभयो । उहाँले पार्टीका अध्यक्ष माधवकुमार नेपालप्रति कटाक्ष गर्दै उहाँले कतिपयले समाजवादी मोर्चा भन्ने गरेको भएपनि अहिले समाजवादी मोर्चाको परिपक्व अवस्था नभएको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले नेपाली कांग्रेस नेपालको दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको बताउनुभयो । उहाँले कम्युनिष्टहरुको मुख्य प्रतिद्वन्दी नेपाली कांग्रेस नै रहेको बताउनुभयो । नेपालको कम्युनिष्ट आन्दोलन क्रमिक रुपले विभाजित भइरहेको बताउनुभयो ।