२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


एमाले-कांग्रेस सरकार भत्काउन वाह्य शक्ति लागेको छ : सिपी मैनाली


3.094k
Shares

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन वाह्य शक्ति लागेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा एकदेव आलेको ५६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मालेका महासचिव मैनालीले नेकपा एमाले र नेपाली कांग्रेस मिलेको खण्डमा २०८४ सम्मै सरकार अघि बढ्ने भएपनि वाह्य शक्ति सरकार भत्काउन लागेको बताउनुभयो । उहाँले अहिलेको सरकार भत्काउनका लागि वाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरुले पनि साथ दिइरहेको बताउनुभयो । उहाँले वाह्य शक्ति, अन्तरबिरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।

महासचिव मैनालीले कम्युनिष्टहरु बसेर आफूले गरेका कमी, कमजोरीहरुबारे छलफल गर्न जरुरी रहेको बताउनुभयो ।