
काठमाडौं । सभामुख देवराज घिमिरेले संस्कृति, कला र साहित्य देशको अमूल्य निधी भएको बताउनुभएको छ ।
शनिबार काठमाडौंमा प्रथम गलबन्धी फिल्म्स एण्ड म्युजिक अवार्डको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले कला क्षेत्र मनोरञ्जन र हेर्न तथा देख्नका लागि मात्रै नभइ सही कुराहरु आत्मसाथ गर्न र गलत कुराहरु परित्याग गर्नका लागि महत्वपूर्ण औजार भएको बताउनुभयो । उहाँले राष्ट्रलाई राष्ट्रिय समुन्नतिले बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो । संस्कार र संस्कृतिको विकासमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको जगेर्ना गर्न आग्रह गर्नुभयो ।
सभामुख घिमिरेले सही कुरा अघि बढाउँदा राष्ट्रको समुन्नति हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्