
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि शुरु हुनेछ । बैठकमा संसद्को हिउँदे अधिवेशनबारे छलफल हुनेछ ।
बैठकमा हिउँदे अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका विधेयकहरूमाथि छलफल हुने साथै सरकारले ल्याएका अध्यादेशका बारेमा पनि छलफल गरिने काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयो ।
आउँदो माघ १८ गतेदेखि संघीय संसद्को अधिवेशन शुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसक्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्