
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
बुटवलको सुप्रिम सहकारीको रकम ठगीबारे शुक्रबार थुनछेक बहस नसकिएपछि लामिछानेलाई वकिल र परिवारको जिम्मा लगाउँदै मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबार जाहेरीकर्ताको तर्फबाट डा. सुरेन्द्र भण्डारी, आरसी गौतम लगायतले बहस गरेका थिए । प्रतिवादी लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका छन् । आज थुनछेक बहस सक्ने तयारी गरिएको छ ।
यसअघि रवि कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्