
सिन्धुली । यस वर्षको माघ महिना लागेसँगै सिन्धुली जिल्लाको प्रमुख धार्मिक पर्यटकीय स्थल मानिने काली र कमलामाईस्थानमा पुजा अर्चना गर्ने श्रद्धालु भक्तजनहरुको घुँइचो बढेको छ ।
गत पुष २९ गते कमलामाईस्थान मन्दिरमा कमलामाईलाई सुन, चाँदी, मणि–माणिक्य, रत्नका गरगहना पहिर्याएपछि काली र कमलामाईको पुजा आराधना गर्ने र बलि चढाउन आउनेहरुको क्रम निरन्तर चलिरहेको हो ।
परम्परा अनुसार कुनै विध्न बाधा पर्दा सो निवारण गर्नका लागि र कुनै कामको सफलता प्राप्ति होस भनी पुकार गर्दा कालीमाई र कमलामाई देवीलाई भाकल गर्ने प्रचलन रहेको छ ।
आफुले चिताएको मनकामना सिद्ध भएमा मकरसंक्रान्तीका दिनदेखि माघ महिनाभर पुजा अर्चना गरी बलिसमेत चढाउने प्रचलन रही आएको छ ।
हरेक वर्षको माघे संक्रान्तीदेखि लाग्ने मेला भर्न छिमेकी जिल्लाहरु सर्लाही, महोत्तरी, धनुषा, सिराहा, रौतहट, बारा, पर्साका अतिरिक्त भारतको विभिन्न शहरबाट श्रद्धालु भक्तजनहरु आउने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्