२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्र सर्लाहीको प्रदर्शन


0
Shares

सर्लाही । राजनीतिक प्रतिशोध साँधेर सरकारले मेयर उपमेयर विरुद्ध झुटा मुद्दा लगाएर फसाउन खोेजेको आरोप लगाइएको भन्दै नेकपा माओवादी केन्द्र सर्लाहीले मोटरसाइकल र्‍यालीसहित डिभिजन वन कार्यलयको गेटमा प्रदर्शन गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट डिभिजन वन कार्यालय पुगेका सुकुम्वासी, स्थानीय तथा माओवादी केन्द्रका नेता कार्यकर्ताले नारावाजीसहित प्रदर्शन गरेका हुन् ।

बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लिला कुमारी मोक्तानसहित केही कर्मचारीविरुद्ध लगाएको विरोधमा आन्दोलन गरेको माओवादी केन्द्रका सर्लाही इञ्चार्ज अच्युतम काफ्लेले बताउनुभयो ।

पूर्व निर्धारित विरोध कार्यक्रमअन्तरगत सर्लाहीले पुर्व(पश्चिम राजमार्गस्थित पश्चिममा बागमती पुतलीचोकदेखि पूर्वमा फुलजोर खोला पुलसम्म सयैाँको संख्यामा मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको थियो ।

उनीहरुले मोटरसाइकल ¥याली पछि केही बेर लालबन्दीमा रहेको डिभिजन वन कार्यालय घेराउ समेत गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि हाल मेयर थापा र उपमेयर मोक्तान निलम्बित अवस्थामा छन् ।