७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


दुई संसदीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।

जसअन्तर्गत बिहान ११ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।