
काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज पनि जारी छ । बैठक सोमबार दिउँसो एक बजे संघीय संसदको लोहोत्से हलमा बस्नेछ ।
बैठक आइतवारदेखि शुरु भएको हो । बैठकमा सांसदहरुलाई संसदमा प्रस्तुत कसरी हुने भन्नेबारेमा प्रशिक्षण दिइएको छ ।
साथै आज सांसदहरुले उठाएका प्रश्नको जवाफ पदाधिकारी र पार्टीबाट सरकारमा सहभगी मन्त्रीहरुले जवाफ दिने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्