
फाइल तस्बिर
काठमाडौं । अछामको जंगलमा मृत अवस्थामा भेटिएका दुइ किशोरीको हत्या भएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गत शुक्रबार बेपत्ता भएका दुई किशोरीहरु शनिबार मृत अवस्थामा फेला परेका थिए ।
अछामको जंगलमा बाख्रा चराउन गएका १४ वर्षीया सरस्वती खड्का र १५ वर्षीया ईश्वरी खड्का बेपत्ता भएकोमा उनीहरुको शव जंगलमा मृत अवस्थामा फेला परेपछि उनीहरुको शव पोष्टमाटर्मका लागि नेपालगञ्ज पठाइएको छ ।
प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रसाद भण्डारीका अनुसार दुवैजनाको शव विभत्स रहेकाले हत्या गरिएको हुनसक्ने आशंकामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
मृतक दुवै जनाको बुवा भारतमा रहेको र उनीहरु कक्षा ८ का विद्यार्थी रहेको बुझिएको छ । ती दुवै किशोरी नजिकका नातेदार हुन् ।
प्रतिक्रिया दिनुहोस्