१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रवि लामिछाने पोखरा उच्च अदालतमा


2.73k
Shares

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा उच्च अदालत पुगेका छन् ।

कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी माग गरी छाडेको थियो । सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले पोखरा उच्च अदालतमा निवेदन दिएको सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिनुभएको छ ।