
काठमाडौं । पूर्वी तराईमा हुस्सु र शीतलहरका साथै चिसो बढेपछि त्यहाँको जनजीवन प्रभावित भएको छ ।
तापक्रम घट्दै गएकाले चिसो थप बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका विभिन्न भूभागका साथै पूर्वी तराई तथा मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु लाग्ने र बिहानदेखि साँझसम्म शीतलहर भएर चिसो बढ्न थालेको छ ।
चिसो बढेपछि यहाँका बालबालिका, वद्धवृद्धा, गरिब, मजदुरलाई समस्या भएको छ भने जिल्ला अस्पतालमा दम, निमोनिया, रूघाखोकी, ज्वरोलगायत रोगका बिरामीको चाप बढेको स्वास्थ्यकर्मीको भनाइ छ ।
बाक्लो हुस्सु लागेका कारण विराटनगरको उडान सेवा पनि प्रभावित हुन थालेको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्