१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउँछौं भने : हितराज पाण्डे


1.456k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस प्रमुख सचेतकले अध्यादेशबाट सरकार चलाउने कुरा गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचतेक पाण्डेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब सरकारले अध्यादेशबाट सरकार चलाउने कुरा गर्नुभएको भन्दै यो कुरा प्रतिपक्ष र जनताका लागि राम्रो नभएको बताउनुभयो । उहाँले अध्यादेशबाट सरकार चलाउने कुरा जनता र विपक्षी दलहरुको लागि महत्वपूर्ण रहेको बताउनुभयो ।

प्रमुख सचेतक पाण्डेले अध्यादेशको बारेमा प्रमुख प्रतिपक्ष दलले संसदमा गम्भीर ढंगले आवाज उठाउने बताउनुभयो ।