१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर छ : महेश बर्तौला


273
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदलाई प्रभावकारी बनाउन सत्तापक्ष गम्भीर रहेको बताउनुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रमुख सचेतक बर्तौलाले बैठकले संसद सञ्चालनको मिति हेरफेर गरिएको बताउनुभयो । उहाँले अहिलेको सरकारले संसदलाई बिजनेस दिने र संसदबाट कानून निर्माण गर्नेकुरामा तिब्रता दिने बताउनुभयो ।

संसदलाई प्रभावकारी बनाउने कुरामा सत्तापक्ष अलि बढी जिम्मेवार हुनुपर्ने कुरा प्रतिपक्षले राखेको र त्यो स्वभविक रहेको बताउनुभयो ।

प्रमुख सचेतक बर्तौलाले संसद र संसदीय समितिमा कोरममा सत्तापक्षले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।