
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । बुधवारबाट काठमाडौंमा शुरु भएको प्रथम युवा कानून व्यवसायी सम्मेलनको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्नैपर्ने भन्दै आफूले थाहा पाएसम्म भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रण गर्नेकुरा स्टन्टबाजी नभएको बताउनुभयो । उहाँले आफ्नो श्रीमती (राधिका शाक्य) को नाममा स्वीट्जरल्याण्डको बैंकमा ४१ करोड डलर छ भन्ने भ्रमपूर्ण प्रचार गरिएको भन्दै आपत्ति जनाउनु भयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचार नियन्त्रण गर्नै पर्दछ । अहिलेको वर्तमान सरकार जसको नेतृत्व मैले गरिरहेको छु । यस सरकारले म भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भनेको छ । थाहा पाएसम्म, जाने बुझेसम्म । कहाँ कहाँ भएको छ कहाँ कहाँ भएको छ । मुसाले कहाँ कहाँ प्वाल पार्छ थाहा पाए त हो । त्यसकारण थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न । भए नियन्त्रण गर्दछु । यो स्टन्टबाजी होइन ।’
प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा राखेर र इमान्दार भएर काम गर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्