
एजेन्सी । भारतको उत्तर प्रदेशको प्रयागराज महाकुम्भमा भागदौड हुँदा मृत्यु हुने संख्या १५ पुगेको छ ।
दुर्घटनामा ५० बढी घाइते भएका छन् । मौनी औंसीको अवसरमा अमृत स्नानका लागि ठूलो संख्यामा भक्तजनहरु भेला भएकोमा गएराती एकाएक अफवाह फैलिंदा भागदौड मच्चिंदा उनीहरुको मृत्यु भएको हो ।
अमृत स्नानका लागि करीब १० करोडको संख्यामा भक्तजनहरु भेला भएको बताइएको छ । स्नानका लागि अधिकांश भक्तजनहरु नदी संगमतर्फ भीड गरिरहेको बेला अफवाह फैलिएको बताइएको छ । घटनापछि प्रयागराजमा प्रवेशमा केही घण्टाका लागि रोक लगाइएको थियो ।
एकै पटक ठूलो भीड हुन नदिन प्रयागराज प्रवेश गर्ने नाकाहरुमा निगरानी गरी भिड नियन्त्रणको कोशिस पनि गरिएको छ । यसैबीच, भारती प्रधानमन्त्री नरेन्द्र मोदीेले कुम्भमेलामा भएको दूर्घटनाप्रति दुख ब्यक्त गर्दै पीडित परिवारजनलाई क्षतिपूर्ति दिने बताउनुभएको छ ।
यता, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुम्भमेलामा सुरक्षा प्रबन्ध चुस्त रहेकाले कुनै पनि अफवाहको पछि नलागी स्नान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्