
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरुसँग एकता र सहकार्य गर्ने सम्भावना नरहेको बताउनुभएको छ ।
बुधबार नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष भट्टराईले पुराना राजनीतिक दलहरु सुध्रिने अवस्था नरहेकोले वैकल्पिक नयाँ शक्तिहरुसँग सहकार्य गरेर मुलुकलाई विकल्प दिनुपर्ने बताउनुभयो । उहाँले बेतत्ता पारिएकका परिवारलाई न्याय दिन माओवादी केन्द्रसँग सहकार्य गरिएको भएपनि पुष्पकमल दाहाल आफूलाई नै सिध्याउने षड्यन्त्रमा लागेको उहाँको आरोप छ ।
अध्यक्ष भट्टराईले सहकार्य गरेर गल्ति नगरेको भएपनि बेइमानहरुबाट ठगिएको टिप्पणी गर्नुभयो । उहाँले मधेसवादी र क्षेत्रीय दलहरु आन्दोलनबाट आएको हुनाले सहकार्य गरिएको भएपनि अब सहकार्यको कुनै सम्भावना नरेहको समेत स्पष्ट पार्नुभयो । उहाँले वर्तमान व्यवस्था र संविधानको रक्षाका लागि विगतमा पटक पटक अन्य दलहरुसँग सहकार्य गरेपनि उपयोगी नभएको अध्यक्ष भट्टराईको निष्कर्ष छ ।
अध्यक्ष भट्टराईले अब युवाहरुले राजनीति गर्नुपर्ने उल्लेख गर्दै समयानुकल राजनीति गर्न युवाहरुलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्