१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आज तामाङ् समुदायले ल्होसार पर्व मनाउँदै


338
Shares

काठमाडौं । आज तामाङ समुदायले हर्षोल्लासपूर्वक सोनाम ल्होसार पर्व मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाउने गरिन्छ ।

समुदायका सबै जना एकै ठाउँमा भेला भई मीठो परिकार बनाएर खाने र एक आपसमा शुभकामना आदानप्रदान गरी सामूहिक रुपमा यो पर्व मनाउने चलन छ ।

यो पर्व देशका विभिन्न ठाउँमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् ।

तामाङ समुदायको बाहुल्य रहेको बाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । आज काठमाण्डौको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा आज विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछन् ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी यो पर्व मनाउने गरिन्छ ।

यो पर्व मनाउन सरकारले आज दशभर सार्वजनिक बिदा दिएको छ ।