१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै


312
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

बैठकमा माघ १८ गतेदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका बारेमा छलफल हुनेछ । पार्टीले सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।