
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सोनाम ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्रीले फेसबुकमा शुभकामना व्यक्त गर्दै लेख्नुभएको छ, “आज तामाङ समुदायको नयाँ वर्ष, अर्थात् सोनाम ल्होछार ! हाम्रो सोनाम ल्होछार आउँदा घरका छाना र डाँडामा बनाइएका मानेमाथि राता, सेता, पहेँला, नीला र हरिया ध्वजा फरफराएको सम्झना आउँछ । यस अवसरमा डम्फु बजाएर गाइने सेलो नेपाली लोक सङ्गीतको एउटा महत्वपूर्ण विधा हो । हाम्रो सुन्दर पर्व सोनाम ल्होछारको अवसरमा झाम्मान् (सबै) नानाआङा (दिदीबहिनी) तथा ज्योज्योआले (दाजुभाइ) हरूमा हार्दिक शुभकामना ! ल्हास्सो, फ्याफुल्ला !”
प्रतिक्रिया दिनुहोस्