२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


शीतलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प


455
Shares

काठमाडौं । मधेश प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ ।

एकाएक चलेको चिसो हावा र बुधबार राती शीतको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस गरिएको हो ।

अत्याधिक चिसो र घाम नलागेका कारण ग्रामीण जनजीवन ठप्प बनेको छ । दैनिक ज्यालादारी र मजदुरी गर्नेहरु मारमा परेका छन् । मधेशको जनजीवन बिहान १० बजेसम्म ठप्प नै हुन्छ । हुस्सु दिउँसो मात्रै खुल्ने गरेको स्थानीय बताउँछन् ।

चिसोबाट गरिब विपन्नहरुलाई धेरै समस्या छ । अहिलेको मौसमले बालबालिकाहरुलाई बढी असर गरिरहेको स्थानीयको भनाइ छ । केही दिनपछि मौसम खुल्ने अनुमान गरिएको स्थानीय बताउँछन् । बाक्लो हुस्सु/कुहिरोका कारण जनकपुरमा विमानहरुले पनि उडान भर्न सकेका छैनन् ।

जनकपुरका स्थानीयले आगो तापेर तथा ग्रामीण भेगमा पराल बालेर चिसो छल्ने गरेका छन् । जसका कारण आगोले पोल्ने दुर्घटनाको पनि जोखिम छ ।