२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु


0
Shares

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोलानजिकै खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मध्यपहाडी राजमार्गको सडक खण्डमा ना १ ज ६४२१ नम्बरको जिप सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ । जिप राति नै दुर्घटना भएको अनुमान गरिए पनि आज बिहान ८ बजे मात्रै फेला पारिएको थियो । दुर्घटनापछि जिप चालक फरार रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरूमा खोटाङको केपिलासगढी गाउँपालिका ३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनको २८ वर्षीय छोरा पुजन गुरुङ र खोटाङकै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ की ४५ वर्षीय तारा गुरुङ रहेको प्रहरीले जनाएको छ ।