१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु


117
Shares

एजेज्सी । दक्षिणी सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको हो ।

विमानमा २१ जना सवार रहेकोमा एक जना मात्र बाच्न सफल भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् ।

ग्रेटर पायोनियर अपरेटिङ कम्पनी नामक बहुराष्ट्रिय तेल कम्पनीले चार्टर्ड गरेको विमान दुर्घटनामा ज्यान गुमाउने सबैजसो तेल कम्पनीका काम गर्ने कर्मचारी र मजदुर हुन् ।

दुर्घटनामा मृत्यु भएकामध्ये दुई जना चिनीया, एक जना भारतीय र दुई जना युगाण्डाका नागरिक छन् । अन्य १५ जना दक्षिण सुडानकै नागरिक हुन् । दुर्घटनाप्रति सुडान सरकारले दुःख व्यक्त गर्दै छानबिन गरिने जनाएको छ ।